एमाले संसदीय दलको बैठक बस्दै, के छन् एजेन्डा?

Nepal Cover
३ बैशाख २०८१, सोमबार
image

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रमुख सचेतकले जानकारी दिए।

साथै आजको बैठकमा संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने बताइएको छ।