राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

  Sampatti News Online

April 15, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आज विहान करिब ४ बजेतिर निधन भएको हो ।

प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यासको कारण गम्भीर घाइते भएका नेता ठाकुरको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।

प्राप्त जानकारी अनुसार ठाकुर बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष थिए । स्वर्गीय ठाकुरको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ ।

प्रकाशित मिति:April 15, 2024