निलम्बित न्यायाधीश गिरी कारागार चलान

Nepal Cover
३ बैशाख २०८१, सोमबार
image

काठमाडौँ । निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन्। वैवाहिक बलात्कार मुद्दा खेपिरहेका गिरी आज सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए। २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए।

आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

२०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।