बढ्याे पेट्राेलकाे भाउ

  Sampatti News

April 15, 2024

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्राेलकाे भाउ बढाएकाे छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपयाँले बढाएकाे हाे ।

नयाँ मूल्य समायाेजन भएसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७८ रुपैयाँ तथा डिजेल तथा मट्टितेल समान १ सय ६१ रुपैयाँ प्रतिलिटर पुगेकाे छ ।

पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङ्का लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।

नयाँ मूल्य साेमबार राती १२ बजेबाट लागू हुने छ ।

प्रकाशित मिति:April 15, 2024