पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण

  Sampatti News

August 22, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

यस्तै, शनिबार १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै देशभर डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ ।

प्रकाशित मिति:August 22, 2020