नेपाल प्रहरीका १९ डीएसपीको पदस्थापन (सूचीसहित)

  Sampatti News

April 16, 2024

काठमाडौँ । नेपाल प्रहरीका १९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पदस्थापन भएकाे छ ।

हालै मात्र बढुवा भएका (२१ गते) प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका १९ जनाकाे पदस्थापन भएकाे हाे ।

प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले सोमबार एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएकाहरूको पदस्थापन गरेको हो । जस अनुसार निर्मल पनेरु जिल्ला प्रहरी परिसर काठमाडौँमा पदस्थापन भएका छन् ।

त्यस्तै ऋषिराम घर्ती गण्डकी प्रदेश प्रहरी गणमा र दीपक मल्ल प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगञ्जमा पदस्थापन भएका छन् ।

प्रकाशित मिति:April 16, 2024