मेगाका मुख्य कार्यालय सहित आज यी ४ शाखा खुल्ला, यस्तो छ तालिका

  Sampatti News

August 23, 2020

काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै मेगा बैकले निषेधाज्ञा अवधिभरको लागि कुन शाखा कहिले खुल्ने भनेर तालिका सार्वजनिक गरेको छ । सोही अनुसार आज (आइतबार) उपत्यकाको मुख्य कार्यालय कमलादी, खिचापोखरी (साबिक गण्डकी बि.बैं), पाटन (प्रयोगपोखरी), सुकुलढोका (भक्तपुर) र ठमेलको शाखा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै सोमबार मुख्य कार्यालय कमलादी, न्यूरोड खिचापोखरी, जावलाखेल, नयाँ ठिमी र ठमेलको शाखा खुल्ला रहने छन्, भने मंगलबार मुख्य कार्यालय कमलादी, नयाँ बानेश्व ( शुभलक्ष्य भवन), कुमारीपाटी, पुरानो ठिमी र ठमेलको शाखा खुल्ला रहने छन् ।
यसरी नै सरकारको २ गतेको निर्णय अनुसार निषेधाज्ञाको अन्तिम दिन बुधबार मुख्य कार्यालय कमलादी, नयाँवानेश्व ( चोक) पाटन(प्रयागपोखरी) सुर्यविनायक र ठमेलको शाखा खुल्ला रहने बैंककले जनाएको छ ।

बैंकका अनुसार शाखाहरु दिउँसो ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने छन् ।

साथै उपत्यका बाहिरको हकमा यो हप्तााभर निम्नानुसार शाखा खुल्ला रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति:August 23, 2020