गगनको प्रश्नः सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन की होइनन् ?

Nepal Cover
४ बैशाख २०८१, मंगलवार
image

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा काँग्रेसले उठाएको विषय पुष्टि भएको बताएका छन् ।

संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा बोल्दै उनले प्रहरीले छानबिन गर्न नसक्ने भनेपछि संसदीय छानबिन समिति आवश्यक भएको जिकिर गरेका छन् ।

कांग्रेसले भनेको कुरा अहिले प्रमाणित भएको दाबी गर्दै थापाले थपे,‘हामीले भनेको कुरा हिजो त प्रमाणित भयो। अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्यो,मुद्दा दर्ता गर्दै गर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो, र प्रहरीको अनुसन्धानलाई आधार बनाएर लैजादाखेरी के भन्यो भने कि सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन की होइनन् भन्ने थाहा नभएको हुनाले मैले त्यो अनुसारले प्रतिवादी बनाउन सकिनँ भनेर भन्यो।’

कानुनको शासनको मुख्य कुरा भनेको एउटा सर्वसाधारणले कुनै कुरा गर्दा गल्ति र अपराध मानेर दण्ड पाउँछ भने शक्तिशालीले पनि त्यो कुरा गर्दा गल्ति नै हुन्छ ।

सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने उनले बताए । सजायको पुरानाले पाउने र नयाँले नपाउने भन्ने नहुने थापाले बताए । ‘आफ्नै पार्टीको होस्, अरु पार्टीको होस्, यो पार्टीको होस् त्यो पाटी भन्दैनौं,’ थापाले भने ।

जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा कोही माथि नहुने उनले बताए ।