एनआइसी एसियाको यस्तो छ ७ प्रदेशका लागि तालिका, उपत्यकामा आज यी ४ शाखा खुल्ला,

  Sampatti News

August 23, 2020

काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै एनआइसी एसिया बैकले आज (आइतबार) उपत्यकामा पुलचोक, नयाँ वानेश्वर सामाखुसी र सीतापाइलाको गरि ४ शाखा सञ्चालनमा ल्याएको छ । यी चार शाखा सहित बाग्मती प्रदेशमा कर्पाेरेट अफि ब्रान्च, स्याफुल मन्थली पाँचखाल र सिन्धुलीका शाखा सञ्चालनमा ल्याएको छ ।

यसैगरि प्रदेश १ मा २८ शाखा कार्यालय र ५ एक्सटेन्सन काउन्टर, प्रदेश २ मा ५ शाखा कार्यालय सहित १ एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा ३ शाखा कार्यालय सहित ३ एक्सटेन्सन काउन्टर, प्रदेश ५ मा २१ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर र १ विस्तारित काउन्टर खुल्ला रहने छन् ।
यसरी नै कर्णाली प्रदेशका ६ शाखा कार्यालय खुल्ला रहने छन् ।
बैंकका अनुसार शाखाहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने छन् ।

प्रकाशित मिति:August 23, 2020