कार्यदलले प्रतिबेदन बुझायो,आम कार्यकर्ताले के दिए सुझाव

  Sampatti News

August 23, 2020

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको आयोगले प्रतिवेदन बुझाएको छ। कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको हो।

कार्यदलको प्रतिवेदनले दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।

नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो। पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।

कार्यदलको प्रतिवेदनले दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ । कार्यदलमा रहने सबैलाई मन्त्री बनाउदा पदकै लागि कार्यदलमा बसेका रहेछ्न भन्ने सन्देश भने जाने भएको छ। कार्यदलमा बस्ने महासचिव पौडेल भने अब बन्ने मन्त्रीमण्डलमा नसमेटिने बुझिएको छ। यसैबीच आम कार्यकर्ता तहबाट दिएका सुझाव भने भएका सबै मन्त्रीहरूलाई हटाएर नेताहरूबीच सहमति गरि नयाँ अनुहारहरु समेट्न सके पार्टी र प्रधानमन्त्री केपि शर्मा ओलिलाई थप उर्जासहितको सफलता मिल्ने बताइएको छ ।

प्रकाशित मिति:August 23, 2020