खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

Nepal Cover
८ बैशाख २०८१, शनिबार
image

गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँ रहेका छन् ।

शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।