वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी 

Nepal Cover
९ बैशाख २०८१, आईतवार
image

काठमाडौँ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको हो।

हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ।

त्यहीअनुसार धनुषाको मिथिला नगरपालिकाले आम औषधि सेवन अभियान सम्बन्धी पालिकास्तरीय योजना तथा बहुनिकाय गोष्ठी सञ्चालन गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई पूर्ण सफल बनाउन तयारी सुरु गरेको छ।