सम्पर्कविहीन रहेका १६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

Nepal Cover
१० बैशाख २०८१, सोमबार
image

काठमाडौँ । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका १६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका १६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।