कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

  Sampatti News

August 24, 2020

विराटनगर । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

प्रकाशित मिति:August 24, 2020