पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु

  Sampatti News

August 24, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष,मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीया महिला र रुपन्देहीकै अन्य तीन जना पुरुष रहेको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङ अन्र्तगत सोमबारको प्रेस बिफ्रिङमा जनाकारी गराएका हुन् ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

प्रकाशित मिति:August 24, 2020