सहसचिव पदकाे लिखित परीक्षाको नतिजा सार्वजनिक

Nepal Cover
१३ बैशाख २०८१, बिहीबार
image

काठमाडौं । लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगका अनुसार २ जना सहसचिवका लागि प्रशासनतर्फ खुलामा ४, एक जना महिला कोटाको सहसचिवका लागि ४ र एक जना मधेशीतर्फको सहसचिवको लिखित परीक्षामा ३ जना पास भएका छन् । प्रशासनतर्फ सहसचिवका लागि लिखितमा १ हजार २५ जना सहभागी थिए ।

यसैगरी न्याय सेवा, कानून समूहको खुलातर्फ एक जना सहसचिवको लिखित परीक्षामा ३ जना उत्तीर्ण भएका छन् । यो परीक्षमाा ९४ जना सहभागी भएका थिए ।

यसैगरी लेखापरीक्षण सेवाको मधेशीतर्फ एक जना सहसचिवको लिखित परीक्षामा ६ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १८ जना सहभागी थिए ।