आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

Nepal Cover
१७ बैशाख २०८१, सोमबार
image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ। जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो।

आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए। यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुईवटा सुँगर जलेर नष्ट भएका थिए।