नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

Nepal Cover
१८ बैशाख २०८१, मंगलवार
image

काठमाडौं। पर्साको विरगन्जबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। पर्सा प्रहरीले भारतको पश्चिमी चम्पारण बेतिया भावल पन्चायत बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र नेपाली नागरिक बारा प्रसौनीका ४० वर्षीया हलिमा खातुन रहेका छन्।

उनीहरुको साथबाट १ हजार दरका एक सय २३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। उनिहरुमाथी अनुसन्धान भइरहेको छ।