स्थानीय कर्मचारीलाई सरुवा नगर्न मन्त्रालयको आग्रह

  Sampatti News

August 27, 2020

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । कोभिड–१९ को महामारी भइरहेको बेला कर्मचारीको स्वास्थ्यलाई ध्यान दिँदै सरुवा नर्गन आग्रह गरेको हो ।

मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहका पत्रचार गर्न अनुरोध गरेको जानकारी दिए ।

गत चैतमा सामान्यले पनि कोभिड–१९ को सङ्क्रमण र विस्तारलाई रोक्नका लागि ‘हाल समायोजन भइ कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन ÷ पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गरेको थियो ।

सोही अनुसार स्वास्थ्य मन्त्रालयले सामान्यलाई पत्र लेख्दै कात्र्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीबाट कामकाज गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति:August 27, 2020