सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न आफ्ना नेताहरूलाई ओलीको निर्देशन

Nepal Cover
२३ बैशाख २०८१, आईतवार
image

काठमाडौं । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न आफ्ना नेताहरूलाई निर्देशन दिएका हुन्।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले अध्यक्ष ओलीसँग गएराति छलफल गरेका र सो क्रममा अध्यक्ष ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न नेताहरुलाई निर्देशन दिएका हुन्।

वैशाख ६ गते एमालेसहित गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए।