निषेधाज्ञाको बाबजुत पनि थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

August 27, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५ सय ६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (बिहीबार) सम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति:August 27, 2020