सुहाङले आज सांसद पदको शपथ लिँदै

Nepal Cover
२६ बैशाख २०८१, बुधबार
image

काठमाडाै । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले आज बिहान शपथ लिने भएका छन्।

नेम्बाङले आज बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा शपथ लिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए।

खड्काभन्दा नेम्बाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए । त्यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भए ।

२०७९ को निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एव‌‌ संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। उनको गत वर्ष भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।