आजकाे माैसम : यी स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षा

  Sampatti News

May 12, 2024

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसकाे प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति:May 12, 2024