ललितपुरका संक्रमितको पाटन अस्पतालमा मृत्यु

Nepal Cover
१४ भाद्र २०७७, आईतवार
image

ललितपुर। कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय युवकको उपचारको क्रममा राति १० बजे मृत्यु भएको हो ।
उनी कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।