हाई्वे ट्रमा सेन्टर अस्पताल चन्द्रनिगहपुरले गरीब असहायको सहज उपचार गर्दै 

  Sampatti News Online

May 14, 2024

रौतहट ३१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर खुलेपछि गरीब असहायको उपचारमा सहज भएको छ ।

२०८० साल माघ २२ गते चन्द्रपुर ४ स्थित जंगलटोलमा हाईवे ट्रमा हस्पिटल संचालनमा आएदेखि नै गरिब असहायको उपचारमा सहजता भएको हो। राजमार्गको उत्तरपट्टि रहेको उक्त हस्पिटलमा आधुनिक मेसिनको सहयोगले २४ सौं घण्टा आकस्मिक उपचार सेवा दिँदै आएको छ। दक्ष तथा बिशेषज्ञ डाक्टर द्वारा गुणस्तरिय सेवा दिन हस्पिटलमा आधुनिक उपकरण जडान गरेको छ । राजमार्ग क्षेत्रमा निजि स्तरमा सुविधायुक्त अस्पताल नभएको कारण हाईवे ट्रमा हस्पिटल स्थापना गरीएको संचालक तथा अर्थोपेडिक सर्जन डाक्टर नविन सिंहले बताउनुभयो ।

उनले चन्द्रपुरबाट नै शिक्षा हासिल गरेर डाक्टर वनेकोले आफ्नो गाँउमा स्वास्थ्य सेवा दिने उदेश्यले हस्पिटल संचालनमा ल्याएको बताउनुभयो । विपन्न तथा गरिव समुदायका बिरामीको पहुँचमा रहेको यस अस्पतालकोे शुल्क महँगो नभएको उहाँको भनाई छ डाक्टर सिंहले हस्पिटल नाफामुखी भन्दा पनि सेवामुखी भएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको उपचारमा हस्पिटलले सहुलियत दिदै आएको छ । विपन्न पाँच जना बिरामीको जटिल प्रकारका उपचार समेत निशुल्क गरीएको उहाँले जानकारी दिनुभयो । अव कुनै पनि रोगको उपचारका लागि बीरगंज, जनकपुर , भरतपुर , काठमाडौं जानुपर्ने वाध्यता हटेको र हस्पिटलबाट जटिल प्रकारका उपचार पनि सम्भव भएको उहाँले दावी गर्नुभयो ।

हस्पिटलले २४ सैं घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडि सेवा, अथोपिडिक तथा ट्रमा सर्जरी, जेनर तथा ल्यापरोस्कोपिक सर्जरी, दन्त तथा दन्त प्रत्यारोपन सर्जरी, बाल तथा नवजात शिशु रोग, आई.सी.यु, एन.आई.सी.यु, जेनरल मेडिसिन स्त्री तथा प्रसुती रोगको उपचार तथा बालरोग बिशेषज्ञ डक्टरद्धारा बालरोगको उपचार सेवा दिदै आएको छ ।

हस्पिटलमा आधुनिक प्रविधिको ल्याव सेवा, डिआर प्रविधिको डिजिटल एक्सरे सेवा, फोरडि कलर डोपर भिडियो एक्सरे सेवा, ईन्डोस्कोपी सेवा, ईसिजी मुटु जाँचको सेवा, आईसियू, एनआईसियू, पोष्ट, ओपिडी वार्ड सेवा, भिआईपी वाड, भिआईपी क्याविन सेवा उपल्वध छ । बिरामी वा कुरुवाका लागि आवश्यक परेको खण्डमा सुविधायुक्त डिलक्स रुमको समेत व्यवस्था हस्पिटलले गरेको छ । डिलक्स रुममा विरामीका लागि आरामदायी बेड, करुवालाई बस्ने छुट्टै वेड, एट्याच ट्वाईलेट वाथरुम, एसी तथा टिभिको समेत व्यवस्था रहेको हस्पिटलका संचालक सिंहले प्रष्ट पार्नुभयो ।

विरामीको सुविधालाई मध्यनजर गर्दै सम्भवत यस भेगमा नै पहिलो पटक लिफ्टको व्यवस्था गरिएको उहाँको भनाई छ । यस हस्पिटल स्थापनाकाल देखि नै बिरामीको उपचारलाई प्रथामिकतामा राखेको उहाँले दोहोयाउनुभयो । आधुनिक प्रविधिबाट ल्याब परिक्षण गर्नुका साथै दक्ष चिकित्सकबाट चेकजाँच हुने गरेको हस्पिटलका चिकित्सकहरुले बताएका छन् ।

अस्पतालमा उपचारका लागि आउनु भएको रन्जय ठाकुर लोहारले यस अस्पतालले दिएको सेवा र सुविधा प्रति सन्तुष्ट रहेको बताउनुभयो । चिकित्सकको व्यवहार, कर्मचारीले गर्ने कार्यशैली र सरसफाई लगायतका हरेक कुरामा यो हस्पिटल उत्कृष्ट रहेको उहाँको भनाई छ । उहाँका अनुसार हस्पिटलको उपचारमा लाग्ने शुल्क महँगो छैन् ।

यस हस्पिटलको सुविधा र चिकित्सक तथा कर्मचारीले गर्ने व्यवहार प्रशंसा योग्य रहेको उहाँले बताउनुभयो । सो हस्पिटलका अर्का डा।संजय साहका अनुसार यस हस्पिटलबाट बिरामीलाई दिने उपचार सेवामा कमी हुने छैन् । यहाँ २४ सैँ घण्टा चिकित्सकको उपस्थिती रहने र विरामी वा करुवाको हरेक गतिविधि सिसि टिभीको निगरानीमा रहने गरेको उहाँले बताउनुभयो ।

विरामीको सेवा नै मुल धर्म हो भन्ने मान्यताका साथ यो हस्पिटल अघि बढेको उहाँको कथन छ । अस्पताल प्रशासनले स्थानीयलाई सरल एवं सुलभ ढंगबाट सेवा सुविधा दिन थालेपछि ग्रामीण भेगका स्थानीयहरू उपचार गराउन अहिले हाईवे ट्रमा हस्पिटलमा आउन थालेका छन् । बिशेषत गर्भवती महिलाहरुलाइ यो मेशिन बाट बढी लाभ पुग्ने छ ।

पेट भित्रको बच्चाको अवस्था अनि बच्चाको अङ्गहरुको बिकास र पेट भित्रको बच्चाको रगिंन चित्र स्क्रिनमा प्रस्ट रुपमा हेर्न सकिन्छ । यो मेशिन बाट बच्चाको मुटुको अवस्था र बच्चा अपाङ्गता रहे, नरहेको समेत हेर्न सकिने हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले जनाएको छ । हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरका अनुसार दुई महिनामा ३५ वटा मेजर अप्रेशन भएको छ । चन्द्रपुरमा रहेको २५ वेडको यस हस्पिटल सुविधायुत मानिन्छ ।

प्रकाशित मिति:May 14, 2024