अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति

Nepal Cover
१ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समाञ्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश: सुधार आएको बताएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन्।

उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए। मूल्यवृद्धिदर पनि घटेको बताए। कानुनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पनि जानकारी दिए।

वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ। मूल्यवृद्धिदर घटेको छ। कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ।’

उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए। शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताए।