एक वर्षभित्र पाँच लाख सुकुम्बासीको समस्या समाधान : सरकार

Nepal Cover
१ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौँ । सरकारले झण्डै ५ लाख सुकुम्बासी, स्ववासी र अव्यवस्थित बसोबास गर्नेलाई यो वर्ष भूमि उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याएको छ । 

संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् ।