संक्रमणबाट आज थप १४ जनाको मृत्यु

Nepal Cover
१४ भाद्र २०७७, आईतवार
image

काठमाडौँ । नेपालमा कोरोना संक्रमण आज १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १४ जनाको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए। आज मृत्यु हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ।