सवारी साधान सञ्चालनमा अन्यौलता, भदौ मसान्त सम्म भने सञ्चालन नगर्ने निर्णय

Nepal Cover
१५ भाद्र २०७७, सोमबार
image

काठमाडौँ । सरकारले भदौ मसान्तसम्म लामो र छोटो दुरीका सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आइतबारको बैठकले लामो तथा छोटो दुरीका सवारीसाधन भदौ मसान्त सञ्चालन नगर्ने निर्णय गरेको हो , यद्यपी मसान्त देखि पनि अवस्था हेरेर निर्णयमा पुग्ने निष्कर्ष पनि निकालेको हो।

भदौ मसान्तसम्म सवारीसाधन नचलाउने निर्णय यथावत छ। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यकासहित देशका अधिकांश शहरमा निषेधाज्ञा जारी गरिएको छ।

लकडाउन शुरु भएको साढे ३ महिनापछि सरकारले गत असार २६ गतेदेखि छोटो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

यद्यपि, आफ्ना माग सम्बोधन नभएको यातायात व्यवसायीले तत्काल सेवा सञ्चालन गर्न अस्वीकार गरेका थिए।

माग सम्बोधन भएपछि उनीहरूले साउन ७ गतेदेखि यातायात सञ्चालन गर्न सहमति गरेका थिए। सरकारले लामो दुरीका सवारी सञ्चालनमा भदौ १ गतेसम्म रोक लगाएको थियो।

साउन ६ गते लकडाउन अन्त्य भयो। तर, लकडाउनपछि काठमाडौंसहित देशभर कोरोना संक्रमित बढे। सरकारले लामो दुरीका सवारीसाधन भदौ १५ गतेसम्म रोक लगाएको थियो।