बाजुरा एमाले अध्यक्षमा ओली विजयी, उपाध्यक्ष बोहरा

  Sampatti News Online

May 20, 2024

धनगढी । नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

यस्तै उपाध्यक्ष पदमा जनकबहादुर बोहरा, सचिवमा काँशीबहादुर बिक, उपसचिवमा हरिबहादुर रोकाया र उपसचिव महिलामा राजकला सार्की विजयी भएकी छिन् । उनीहरू सबै ओली प्यानलबाट उम्मेदवारी दिएकाहरू हुन् ।

उपाध्यक्षमा निर्वाचित रोकाया बुढीनन्दा नगरपालिकाका नगर प्रमुख, र उपसचिवमा निर्वाचित रोकाया गौमुल गाउँपालिका अध्यक्ष र सार्की हिमाली गाउँपालिका उपाध्यक्ष हुन् । सदस्य पदको गणना हुन भने बाँकी छ । अधिवेशन जेठ १ गतेदखि सुरु भएको थियो ।

प्रकाशित मिति:May 20, 2024