प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

Nepal Cover
७ जेष्ठ २०८१, सोमबार
image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ।

सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।