कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

Nepal Cover
८ जेष्ठ २०८१, मंगलवार
image

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। आज जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत स्रोतले जनाएको छ।

सिरोहियाले कीर्ते नागरिकता लिएको भन्दै वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो। सोही उजुरी पछि अनुसन्धान गरेको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो।

आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।