May 22, 2024
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानूनी राज्यको उपहास गरेको टिप्पणी गरेका छन् । नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि नेता रावलले मन्त्री र अरूमा कानून फरक हुन्छ भन्दै प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुइटा नागरिकता र राहदानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लगिने ? के मन्त्री र अरूका लागि फरक फरक कानून छ ? कानूनी राज्यको उपहास !’
नेता रावलले आफूविरुद्ध समाचार लेखेकै कारणले प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट सिरोहियालाई पक्राउ गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
प्रकाशित मिति:May 22, 2024
November 24, 2024