सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक आज पनि बस्दै

Nepal Cover
११ जेष्ठ २०८१, शुक्रबार
image

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ८ बजे बस्ने तयारी छ ।

हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उहाँको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।

कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।

यसअघि बसेका बैठक पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकाे आ-आफ्नो अडानका कारण निष्कर्ष बिहिन बनेका थिए ।