संक्रमणबाट स्वास्थ्यकर्मीको निधन

Nepal Cover
१५ भाद्र २०७७, सोमबार
image

काठमाडौँ । कोरोना भाइरसबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको निधन भएको छ। निधन हुनेमा महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको रहेका छन्।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौँ लैजाने क्रममा उनको निधन भएको थियो। उनको स्वाब संकलन गरेर जनकपुरमा पठाउँदा रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएको हो।