May 30, 2024
काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।
उनले टी-२० विश्वकप क्रिकेट खेल्न भिसा एप्लाइ गरेपछि दुतावासले उनकाे आवेदन फेरि अस्वीकार गरेकाे हाे । यसअघि पनि उनकाे भिसा रिजेक्ट भएको हाे ।
बुधबार नेपाली क्रिकेट समर्थकहरुले लामिछानेलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट प्रदर्शन गरेका थिए । सरकारले अमेरिकासँग लामिछानेले भिसा पाउन पर्ने भन्दै कुटनीतिक नोट पठाएर आग्रह गरेपनि भिसा रिजेक्ट गरिएकाे हाे ।
यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।
प्रकाशित मिति:May 30, 2024
November 23, 2024