मधेस प्रदेशः मुख्यमन्त्रीका लागि जनमतका सिंहको दाबी पेश

  Sampatti News Online

June 7, 2024

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका सतिश कुमार सिंहले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्।

सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ५५ जना सासंदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।

उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

दाबी पेशपछि केही बेरमा नै शपथ ग्रहण हुने बताइएको छ।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रकाशित मिति:June 7, 2024