उपत्यकामा मात्रै ४ सय ८१ जनामा कोराना पुष्टि, देशभर १ हजार ६९ थप संक्रमित

  Sampatti News

September 1, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै देशमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौँका रहेका छन्। काठमाडौँमा मात्रै ३९३ जनामा कोरोना संक्रमित भएको छ। यस्तै, ललितपुरका ५८, भक्तपुरका ३०, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका २, झापाका १४, पाँचथरका १, मोरङका १२, सुनसरीका ५६, धनुषाका १, पर्साका २, बाराका ११, महोत्तरीका २, रौतहटका ५, सप्तरीका १, सर्लाहीका १९, काभ्रेका ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, नुवाकोटका २ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी मकवानपुरका ६, रसुवाका १, रामेछापका २ र सिन्धुपाल्चोकका १, सिन्धुलीका ६, कास्कीका ४, गोर्खाका ८, तनहुँका ५, नवलपरासी पूर्वका १५, पर्वतका १, लमजुङका ३२, अर्घाखाँचीका ९, कपिलवस्तुका ७, गुल्मीका १३, दाङका १३, नवलपरासीका ४, पाल्पाका १, प्यूठानका १, वर्दियाका ७, बाँकेका ३३, रुकुमका १, रुपन्देहीका ९१, जुम्लाका २, दैलेखका २, सुर्खेतका १, सल्यानका १, अछामका १३, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका २, डोटीका २४, बझाङका ४० तथा बैतडीमा १२ जना संक्रमित थपिएका हुन्।

गत २४ घन्टामा ७६८ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्। यससँगै डिसचार्ज हुनेहरुको संख्या २२ हजार १७८ पुगेको छ।

प्रकाशित मिति:September 1, 2020