पेट्रोलको मूल्यमा वृद्धि

  Sampatti News

September 2, 2020

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो ।

निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रूपैया कायम थियो ।

प्रकाशित मिति:September 2, 2020