भारतीय रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा

  Sampatti News

September 3, 2020

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंह रुसको भ्रमणका लागि बिहीबार रुसको राजधानी मस्को पुगेका छन् । उनले आज नै रुसका रक्षामन्त्री सेर्गेइ सोइगुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।

उनी तीन दिनसम्म रुसमा रहनु हुने भारतीय मिडियाले जानकारी दिएका छन् । भारतीय रक्षा मन्त्रालयले पनि आज ट्वीट गरेर मन्त्री सिंह तीन दिने भ्रमणका लागि आज मस्को पुगिसकेको जानकारी गराएको छ ।

मस्कोमा भोलिदेखि शुरु हुने साङघाइको अपरेसन अर्गनाइजेसको बैठकमा सहभागी हुनका लागि रक्षामन्त्री सिंह आज मस्को पुगेको बताइएको छ । सो बैठकका अतिरिक्त उनले त्यहाँ विभिन्न भेटवार्ता पनि गर्नेछन् ।

सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरूको सहभागिता रहने मस्कोबाट रुसी रक्षा मन्त्रालयले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय रक्षामन्त्रालयले आज ट्वीटमार्फत जानकारी गराएअनुसार रक्षामन्त्री सिंह मस्को पुग्नुभएको छ र उहाँले त्यहाँ रक्षा तथा सुरक्षात्मक रणनीतिका विषयमा महत्वपूर्ण भेटवार्ता पनि गनुहुने छ ।

सोही बैठकमा सहभागी हुनका लागि साङ्घाइ कोअपरेसन अर्गनाइजेसन एसओसीका सदस्य राष्ट्रहरुका रक्षामन्त्रीहरु पनि पुग्नुभएको रुसको राजधानी मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति:September 3, 2020