एसईईको नतिजा भोली मात्र सार्वजनीक गरिने

  Sampatti News 2024

June 26, 2024

काठमाडों । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोली विहान ९ बजे मात्र सार्वजनीक हुने भएको छ ।

बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।

बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनीक गर्न लागेको हो ।

बोर्डले अहिले नतिजाको डेमो गरिरहेको छ ।

प्रकाशित मिति:June 26, 2024