काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो।
परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।
जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन्। २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।
तर, नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै समाचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ ।
बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने बताए ।
‘हामी यहाँ आउदा नतिजामा हस्ताक्षर गरेर आएका छौ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो’, अध्यक्ष शर्माले भने, ‘कसरी आयो त्यस विषयमा हामी बोर्डले छलफल गरौँला ।’