एसईईः सबै विषय फेल भएकाले मौका परिक्षा दिन पाउने

Nepal Cover
१५ असार २०८१, शुक्रबार
image

काठमाडौं । एसईईमा सबै विषय फेल भएका विद्यार्थीहरुले फेरि मौका परिक्षा दिन पाउने भएका छन् । कक्षा १२ लाई विद्यालय तहको अन्तिम ढोका मानेकाले एसईई फेल भएका सबै विषयमा मौका परिक्षा दिन मिल्ने निर्णय भएको धानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

मल्ले आज सामाजिक सञ्जालमा उक्त विषयमा जानकारी दिदै लेखेका छन्– ‘कानुनी रूपमा नै कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसके पछि SEE को परिणामको कारण देखाई लाखौं बालबालिकालाई उनीहरुको जीवनको सिढी चढ्न रोक्नु अनुचित हुन्छ भन्ने निष्कर्षका साथ नेपाल सरकारले अनुत्तीर्ण भनिएका सबै विद्यार्थीलाई सबै विषयमा मौका परिक्षामा सामेल गराउने निर्णय गरेको छ। भाइबहिनीहरु र उहाँहरुका सबै अभिभावकज्यूहरुले यो मौकालाई ठिक ढंगले बुझेर मौका परिक्षाको तयारीमा केन्द्रित गर्नरहुन हार्दिक अनुरोध गर्दछौं।
राज्यका सबै निकायले परिक्षाको परिणाम खोज्नु भन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भुमिका, शिक्षकअभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्दछ।
आजको परिणामलाई गम्भीर शिक्षाको रूपमा ग्रहण गरि यसलाई सुधार गर्न म आफू आफ्नो ठाउँबाट आजैका दिनदेखि सहभागी बन्छु भन्ने संकल्प गरौं।
धन्यवाद !