अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै

Nepal Cover
१९ भाद्र २०७७, शुक्रबार
image

काठमाडौँ । अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले राजीनामा दिने भएका छन्। उनले आफू खुसी राजीनामा दिन लागेका भने होइनन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिया सभामा मनोनित गरी मन्त्री बनाएका खतिवडाको ठाउँमा पार्टी उपाध्यक्ष वामदेव गौतम जाने भएपछि राजीनामा दिनु पर्ने भएको हो। उनलले शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने भएका हुन्।

खतिवडाले बुधबार नै राजीनामा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेर शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा दिन भनेका थिए।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा मन्त्रालयमा पुगेर बिदाइ हुनेछन् भने सञ्चारमन्त्रालयमा आएर पत्रकार सम्मेलन गरी आफूले गरेका कामबारे जानकारी दिने तय भएको बताइएको छ।