एसईईको मौका परीक्षा साउन २३ गतेबाट

Nepal Cover
१८ असार २०८१, सोमबार
image

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने भएको छ। आइतबारबसेको शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रणको कार्यालय (कक्षा १०) को बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि दुई विषयमा एनजी (ननग्रेड) आएका विद्यार्थीहरुका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गर्ने बोर्डले सूचना जारी गरेको थियो। तर शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा ननग्रेड आएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। मौका परीक्षा साउन ३१ गतेसम्म चल्नेछ।