उर्जामन्त्रीद्धारा घिसिङको निरन्तरताको लागि मन्त्रीपरिषदमा प्रस्ताव पेश

  Sampatti News

September 4, 2020

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता प्रवल संभावना रहेको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा उर्जामन्त्री बर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने विषयमा प्रस्ताव पेश गरेका छन् ।

मन्त्रिपरिषदमा प्रस्ताव पेश भएसँगै प्राधिकरणमा घिसिङले नै निरन्तरता पाउने सम्भावना उच्च देखिएको हो। यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा पनि प्रधानमन्त्री घिसिङलाई नै निरन्तरता दिनेमा सकारात्मक देखिएका थिए ।

साथै नेकपाका अर्का अध्यक्षले पनि घिसिङको विकल्प खोज्नु राम्रो नभएको बताएका छन् । पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले त कुलमान को पक्षमा खुलेरै ओकालत गर्नुभएको छ। “धेरैको माग पनि घिसिङ नै हुनुपर्छ भन्ने छ, यस्तो बेला अर्को विकल्प खोज्नु राम्रो होइन” जनता देखि लिएर उच्च ओदाका व्यत्तिहरु समेत कुलमानको पक्षमा रहेकाले घिसिङको प्रस्ताव गएसङै अब निरन्तरमा पाउनेमा लगभग निश्चित भएको छ ।

प्रकाशित मिति:September 4, 2020