सिमलताल दुर्घटनाः २३ जनाको शव फेला, ८ पुरुष र एक महिलाको सनाखत हुन बाँकी

  Sampatti News 2024

July 19, 2024

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका मध्ये हालसम्म २३ जनाको शव फेला परेको छ ।

२ वटा बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको एक हप्ता बितिसक्दा पनि हालसम्म २३ जनाको मात्रै शव फेला परेको हो ।

सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार फेला परेकामध्ये ८ पुरुष र एक महिलाको भने शव सनाखत हुन बाँकी रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरको टोली परिचालन गरेर खोजी कार्य भइरहेको छ ।

गत शुक्रबार बिहान सिमलतालमा दुई बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको थियो । दुई बसमा ६५ यात्रु रहेका थिए ।

वीरगन्जबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए ।

त्यसपछि पनि निरन्तर वर्षाका कारण नदी धमिलो रहेका खोजी कार्यका लागि कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति:July 19, 2024