प्रति नेपालीको भागमा ८३ हजार ऋण

  Sampatti News 2024

July 20, 2024

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रको सार्वजनिक ऋण थप वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष मात्र एक खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिँदै २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बाँकी बक्यौता सार्वजनिकलाई कूल जनसंख्याले भाग लगाउने हो भने प्रति नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ३१ पैसा पर्ने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

२०८० असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेको थियो । समीक्षा अवधिमा कायम कूल ऋणमध्ये ४८.५३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ५१.४७ प्रतिशत अर्थात् १२ खर्ब ५३ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।

प्रकाशित मिति:July 20, 2024