July 20, 2024
काठमाडौं । रौतहटको दुई विद्यालयले एकै जना प्रधानाध्यापक राखेको खुलासा भएको छ । रौतहटको फतुवा नगरपालिकाको दुई वटा विद्यालयको जिम्मा एक राहत शिक्षकलाई दिएर शिक्षा क्षेत्रको धज्जी उडाइएको छ ।
विद्यालयलेसमेत यस्तो चरम लापरवाही गरेपछि यहाँका सरोकारवालहरु पनि आश्चर्यमा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले आर्थिक चलखेलका आधारमा स्थायी शिक्षक हुँदा हुँदै पनि राहत शिक्षक सुबोध यादवलाई त्यहाँ माथि दुई वटा विद्यालयका प्रधानाध्यापक नियुक्त गरेको बुझिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रधानले सरस्वती प्राथमिक विद्यालय विजयपुरका प्रधानाध्यापक राहत शिक्षक सुवोध यादवलाई २०८० साल माघ २९ गतेदेखि प्राथमिक विद्यालय सन्तपुर दोस्तियाका पनि आर्थिक प्रशासनिक समेत हेर्ने गरी जिम्मा दिएका थिए । यो बारेमा यादवलाई सोधपुछ गर्दा आफुले दुईवटा विद्यालयको जिम्मेवारी पाउको स्विकार गरेका छन् । उनले दुवै विद्यालयमा समय मिलाएर दिदै गरेका बताए ।
नगरपालिकाका शिक्षा शाखा प्रमुखले यसबारे आफुलाई थाहा नभएको बताएका छन् ।
कटहरीया र फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधान आफुले दुईवटा पालिका हेरे जस्तै प्रधानाध्यापक पनि दुई तिर नियुक्त गरेको हुनसक्ने बुझिएको छ ।
प्रकाशित मिति:July 20, 2024
April 17, 2025
April 17, 2025