पहिलो मुख्यसचिवमा लीलादेवी गडतौला नियुक्त

Nepal Cover
१० श्रावण २०८१, बिहीबार
image

काठमाडौं । मुख्यसचिवमा लीलादेवी गडतौला नियुक्त भएकी छिन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन मुख्यसचिव डा. बैठुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै यसअघि पुष्पकमल दाहाल प्रचण्डले गडतौलालाई कार्यबाहक मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव अर्याललाई गत असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गडतौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।

उनी पहिलो महिला मुख्यसचिव हुन् ।